काठमाडौँ । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला दुई हजार एक सय रुपैयाँमा कारोबार भैरहेको छ ।