×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संसद्‌मा प्रतिनिधित्व गर्ने कांग्रेस-एमाले बाहेकका दल छलफलमा

संसद्‌मा प्रतिनिधित्व गर्ने कांग्रेस-एमाले बाहेकका दल छलफलमा

काठमाडौं । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस बाहेकका दलहरूको छलफल चलिरहेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक चलिरहेको हो ।

बैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ बारे छलफल भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकको सञ्चालन गर्दै ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’का प्रावधानहरु वर्तमान संविधान, ऐन र कानुनभन्दा विपरीत रहेकाले त्यसबारे छलफल गरी साझा धारणा बनाउन आवश्यक रहेकाले बैठक बोलाइएको जानकारी गराएका छन् ।

बैठकमा माओवादी केन्द्रसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र जनता समाजवादी पार्टीका नेताहरू सहभागी छन् ।ना

गरिक उन्मुक्ति पार्टी हिजोको बैठकमा सहभागी भई कार्यविधिका विरुद्ध आफ्नो दल रहेको बताएको थियो । आजको बैठकमा भने बाहिर रहेका कारण आाउन नसकेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्