×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रामेछापको बेतालीबाट भारतको जयपुर जाँदै गरेको गाडी खिम्तीमा दुर्घटना, ८ जना घाइते

रामेछापको बेतालीबाट भारतको जयपुर जाँदै गरेको गाडी खिम्तीमा दुर्घटना, ८ जना घाइते

रामेछाप । जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा न ६ खिम्ती छ्तउ्ने खोला नजिक फोर्स गाडी दुर्घटना भएको छ । सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । भारतीय आर जे १४ टि डि ८६८७ नम्बरको फोर्स गाडी दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रहरीका अनुसार रामेछाप गोकुलगंगा गाउँपालिका वडा ४ बेताली बाट भारतको जयपुर जाँदै थियो । उक्त फोर्स गाडी ब्रेकको फेल भई सडकबाट करिब ५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहले जानकारी दिए ।

गाडी दुर्घटनामा रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका–४ बेताली बस्ने सुस्मा खड्का, लेखबहादुर खड्का, पूर्णबहादुर सार्की, सुजन भुजेल, हेटौँडा उपमहानगरपालिका बस्ने तेजबहादुर खड्का, विष्णुदेवी खड्का, लालवन्दी नगरपालिका –१५ बस्ने कालीबहादुर खड्का घाइते भएका छन् ।

बाँकी सकुशल रहेको प्रहरीले जनाएको छ । घाइतेको मन्थली अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिकृया दिनुहोस्