×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

लेनोभो आइडियाप्याड स्लिम थ्रीआई नेपाली बजारमा, विद्यार्थी र अफिसका लागि उपयोगी

लेनोभो आइडियाप्याड स्लिम थ्रीआई नेपाली बजारमा, विद्यार्थी र अफिसका लागि उपयोगी

काठमाडौँ । नेपाली बजारमा लेनोभोको नयाँ ल्यापटप आइडियाप्याड स्लिम थ्रीआई भित्रिएको छ । १३औं पुस्ताको इन्टेल कोर आई फाइभ प्रोसेसर, १६ जीबी डीडीआर५ र्‍याम र ५१२ जीबी एसएसडी समावेश यो ल्यापटप विद्यार्थी र कार्यालयका सामान्य कार्यहरूका लागि उपयुक्त मानिएको छ । हुकुट स्टोरमा ‘ब्याक टु कलेज’ अफर कम्पनीले यो ल्यापटप विशेष छुटमा उपलब्ध गराएको छ ।

आइडियाप्याड स्लिम थ्रीआई पातलो र बोक्न सजिलो १४ इन्चको ल्यापटप हो । डिजाइन सरल तर आकर्षक रहेको छ । प्लास्टिक बिल्ड भए पनि दैनिक प्रयोगका लागि पर्याप्त बलियो भएको कम्पनीको भनाइ छ ।

म्याट फिनिसका कारण केही फिंगरप्रिन्टका दाग देखिन सक्छन् । यसमा वाइड अल्ट्रा एक्सजीए आईपीएस एन्टि-ग्लेयर डिस्प्ले छ, जसले ६० हर्जको रिफ्रेस रेट प्रदान गर्छ । १६:१० को एस्पेक्ट रेसियोले डिस्प्लेमा थप भर्टिकल उचाइ दिँदा स्क्रोलिङ कम भई काम गर्न र एकैसाथ धेरै सामग्री हेर्न सहज हुन्छ, जसले मल्टीटास्किङमा सुधार ल्याउँछ ।

३०० निट्सको ब्राइटनेस इनडोर प्रयोगका लागि पर्याप्त भए पनि बाहिरी वातावरणमा भने केही मधुरो लाग्न सक्छ । एन्टि-ग्लेयर डिस्प्लेले काम गर्दा वा भिडिओ हेर्दा राम्रो अनुभव प्रदान गर्छ ।

यसमा आइल्यान्ड स्टाइल ब्याकलिट किबोर्ड रहेको छ । जसमा अक्षरहरूबिच पर्याप्त खाली ठाउँ छ । लामो समयसम्म टाइप गर्दा पनि सहज अनुभव प्रदान गर्ने यो किबोर्डमा माइक्रोसफ्ट को-पाइलटका लागि एउटा छुट्टै बटन पनि उपलब्ध छ । जसले तत्काल एआई असिस्टेन्टको रूपमा काम गर्छ । ट्र्याकप्याड रेस्पोन्सिभ छ र मल्टी-फिंगर गेस्चरहरूलाई सपोर्ट गर्छ ।

ल्यापटप १३औं पुस्ताको इन्टेल एच सिरिज कोर आई५ प्रोसेसरद्वारा सञ्चालित छ । यस चिपसेटमा फोर पर्फर्मेन्स (पी-कोर) र फोर इफिसियन्सी (ई-कोर) गरी कुल ८ ओटा कोरहरू प्रयोग गरिएको छ ।

कम्पनीका अनुसार यो ल्यापटप मल्टीटास्किङ, वेब ब्राउजिङ, कन्टेन्ट क्रिएसन र बेसिक एडिटिङका लागि उपयुक्त छ । इन्टेल यूएचडी ग्राफिक्स इन्टिग्रेटेड भएकाले यस ल्यापटपमा सहज भिडिओ प्लेब्याक, बेसिक गेमिङ र सामान्य ग्राफिक्स कार्यहरू जस्तै प्रेजेन्टेसन बनाउन वा फोटो एडिट गर्न सकिन्छ । ब्याकग्राउन्डमा अन्य एपहरू चलिरहेको बेला पनि केही गेमहरू सहज रूपमा चलेकाले यसको पर्फर्मेन्स प्रभावकारी देखिन्छ । यसमा विन्डोज ११ होम प्रि-इन्स्टल भएर आउँछ ।

स्टोरेजतर्फ, ल्यापटपमा १६ जीबी डीडीआर५ र्‍याम र ५१२ जीबीको इन्टर्नल एसएसडी स्टोरेज उपलब्ध छ । यसमा ५० वाट-आवरको रिचार्जेबल ली-आयन ब्याट्री छ, जसले र्‍यापिड चार्ज बुस्टलाई सपोर्ट गर्छ । कम्पनीले १५ मिनेटको चार्जमा ल्यापटपटप २ घण्टासम्म चल्ने दाबी गरेको छ । ल्यापटपमा खरिदमा ६५ वाटको पावर एडाप्टर पनि पाइन्छ ।

कनेक्टिभिटीका लागि ब्लुटुथ ५.२ र वाई(फाई सिक्स उपलब्ध छन् । पोर्टतर्फ, ल्यापटपमा दुई ओटा यूएसबी ३.२ जेन १ टाइप-ए पोर्ट, एउटा यूएसबी ३.२ जेन १ टाइप-सी पोर्ट, एउटा एचडीएमआई पोर्ट, एउटा ३।५ एमएम कम्बो ज्याक पोर्ट, एउटा एसडी कार्ड रिडर र एउटा पावर कनेक्टर समावेश छन् । 

ल्यापटपको वेबक्यामको क्वालिटी सामान्य ९७२(पी, ३० एफपीएस) भए पनि भिडिओ कल वा मिटिङका लागि पर्याप्त छ । स्पिकरको आवाज सन्तोषजनक छ, जसले भिडिओ हेर्दा राम्रो अनुभव प्रदान गर्छ । सुरक्षाका लागि फेस अनलक र फिंगरप्रिन्ट स्क्यानरका अप्सन भए पनि हाल कम्प्याटिबल छैनन् । भविष्यका अपडेटहरूमा उपलब्ध हुन सक्नेछन् ।

समग्रमा, मूल्यको सन्दर्भमा लेनोभो आइडियाप्याड स्लिम थ्रीआईका अधिकांश विशेषता राम्रो मान्न सकिन्छ । यद्यपि, टेकपानाको रिभ्यु अनुसार स्क्रिनको रिफ्रेस रेट १२० हर्ज वा ९० हर्जसम्म र ब्याट्री क्षमता ८० वाट-आवरसम्म भएको भए अझ राम्रो हुने थियो । यीबाहेक, विद्यार्थी, शिक्षक, रिमोट वर्कर र कन्टेन्ट क्रिएटर सबैका लागि यो ल्यापटप एक राम्रो र सन्तुलित विकल्प हुन सक्छ । रु। ८६,००० मूल्यको यो ल्यापटप हाल हुकुट स्टोरबाट ‘ब्याक टु कलेज’ अफर अन्तर्गत रु। ७३,५०० मा खरिद गर्न सकिन्छ ।
 

प्रतिकृया दिनुहोस्