×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

स्पेन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

स्पेन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको थियो ।

स्पेनको सेभिया शहरमा आयोजना भएको उक्त अन्तर्राष्ट्रिय सम्मेलनसहित अन्य भेटघाट सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् ।

उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली स्पेनबाट दोहा हुँदै कतार एयरवेजमा काठमाडौं फर्किएका हुन् । भ्रमण टोलीमा २१ जना सहभागी थिए ।

प्रतिकृया दिनुहोस्