×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमालेको बन्दसत्र फेरि सर्‍यो

एमालेको बन्दसत्र फेरि सर्‍यो

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो । त्यसलाई पुन दिउँसो १ बजेका लागि सारिएको छ ।

भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । अहिले केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भइरहेको छ । यो बैठक कार्यकालको अन्तिम बैठक हो ।

बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए ।

बन्दसत्र सरेपनि प्रतिनिधिहरु बिहानै भृकुटीमण्डपमा पुगेका छन् । प्रतिनिधिहरुले दस्तावेजहरुको प्रचारप्रसाद गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्