×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बढुवा भएका ८ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

बढुवा भएका ८ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका ८ अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हन् । १७ मंसिरको गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरुको बढुवा भएको थियो ।

दर्ज्यानी चिह्न प्राप्त गर्नेहरुमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिल सिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन् ।

उनीहरूलाई उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्न आईजी कुँवरले निर्देशन दिए ।

पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै कुँवरले भने, ‘राज्य र संगठनले तपाईंहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ, यसमा खरो रूपमा उत्रिनु हुनेछ भनि विश्वास लिएको छु ।’

प्रतिकृया दिनुहोस्