×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

०६४ को बहुमत सदुपयोग गर्न सकेनौं : वर्षमान पुन

०६४ को बहुमत सदुपयोग गर्न सकेनौं : वर्षमान पुन

काठमाडौं । नेकपाका उपाध्यक्ष तथा सांसद वर्षमान पुनले ०६४ सालको निर्वाचनमा आफ्नो पार्टीले पाएको मतलाई सदुपयोग गर्न नसकेको स्वीकार गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पुनले तत्कालीन माओवादीले पाएको बहुमतलाई सदुपयोग गर्न नसकेको बताएका हुन् ।

‘०६४ सालको चुनावमा तत्कालीन नेकपा माओवादीले झन्डैझन्डै यस्तै खालको विजय हासिल गरेको थियो । ०७४ सालमा हामी दुई दल मिलेर प्रतिस्पर्धा गर्‍यौँ,’ उनले भने, ‘पछिचाहिँ हामीले पार्टी एकता गर्‍यौँ । त्यसलाई सदुपयोग गर्न सकेनौँ जानेनौँ ।’

उनले रास्वपालाई शिक्षाको रुपमा लिएर पार्टी र देशलाई अघि लैजान आग्रह गरे । यसका लागि नेकपाले सहयोग गर्ने पनि उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्