×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जसपा नेत्रीले पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल

जसपा नेत्रीले पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बुधबार सामाजिक सञ्जालमा बाहिरिएको उक्त भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।

पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि यसबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए । अहिलेसम्म उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने केही खुलिनसकेको उनले बताए ।

भिडिओ सार्वजनिक भएपछि सिंहलाई बोलाइएको उनको भनाइ छ । ‘हामीले उहाँलाई बोलाइसकेका छौं । उहाँ पनि आउछु भन्नु भएको छ । त्यसपछि यसको वास्तविकता आउला’,  एसपी ढकालले भने ।

सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

प्रतिकृया दिनुहोस्