×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

पाँच दिनमा १४० भन्दा बढी उडान गर्ने कतार एयरवेजको घोषणा

पाँच दिनमा १४० भन्दा बढी उडान गर्ने कतार एयरवेजको घोषणा

काठमाडौं । कतार एयरवेजले मार्च १३ देखि मार्च १७ को बीचमा सञ्चालन गर्ने गरी कम्तीमा १४३ उडानहरूको घोषणा गरेको छ।

युद्धका बीच कतारको हवाई क्षेत्र आधिकारिक रूपमा बन्द छ, तर यस राष्ट्रिय ध्वजावाहक विमान सेवाले गत साताको अन्त्यदेखि दोहामा फसेकाहरूलाई घर फर्कन र देश बाहिर फसेका कतारका बासिन्दाहरूलाई कतार फिर्ता ल्याउन मद्दत गर्ने उद्देश्यले विशेष उडानहरू सञ्चालन गरिरहेको छ।

अलजजिराका अनुसार, शुक्रबार बिहानै कतार एयरवेजले मार्च १७ सम्मको आफ्नो उडान तालिका सार्वजनिक गरेको हो । यी उडानहरूमा काठमाडौंबाट प्रस्थान गर्ने र काठमाडौं आइपुग्ने कुनै उडानहरू समावेश छैनन् ।

मार्च १३:

दोहाबाट प्रस्थान गर्ने: पर्थ, सियोल, ढाका, जेद्दाह, क्वालालम्पुर, बैंकक, कोची, मियामी, अल्जियर्स, इस्तानबुल, कायरो, एम्स्टर्डम, लन्डन, मिलान, पेरिस र मस्कट।
दोहामा आइपुग्नेस् एम्स्टर्डम, लन्डन, मिलान, पेरिस, मुम्बई, दिल्ली, इस्लामावाद, कोलम्बो, न्युयोर्क, साओ पाउलो, बेइजिङ, मनिला, जकार्ता, कायरो।

मार्च १४:

दोहाबाट प्रस्थान गर्ने: रियाद, मनिला, जोहानेसबर्ग, मस्कट, ड्यालस, टोरन्टो, कोलम्बो, इस्तानबुल, कायरो, मुम्बई, इस्लामावाद, लन्डन, रोम, म्याड्रिड, फ्र्याङ्कफर्ट, ट्युनिस, मस्को, दिल्ली, बाली डेनपसार।
दोहामा आइपुग्नेस् पर्थ, सियोल, ढाका, जेद्दाह, क्वालालम्पुर, बैंकक, कोची, अल्जियर्स, मियामी, इस्तानबुल, कायरो, जोहानेसबर्ग, लन्डन, म्याड्रिड, फ्र्याङ्कफर्ट, मस्को, ड्यालस।

मार्च १५:

दोहाबाट प्रस्थान गर्ने: इस्तानबुल, ढाका, क्वालालम्पुर, बैंकक, अल्जियर्स, मेलबर्न, न्युयोर्क, जेद्दाह, कायरो, म्याड्रिड, हङकङ, लन्डन, कासाब्लान्का, पेरिस, इस्लामावाद।
दोहामा आइपुग्नेस् मस्कट, ट्युनिस, मनिला, ड्यालस, टोरन्टो, कोलम्बो, कायरो, इस्लामावाद, मुम्बई, रोम, म्याड्रिड, लन्डन, कासाब्लान्का, पेरिस, दिल्ली, बाली डेनपसार, पर्थ।

मार्च १६:

दोहाबाट प्रस्थान गर्ने: पर्थ, मस्कट, सियोल, बैंकक, बेइजिङ, ढाका, कोची, जकार्ता, मुम्बई, कायरो, मियामी, एम्स्टर्डम, लन्डन, कोलम्बो, फ्र्याङ्कफर्ट, दिल्ली।
दोहामा आइपुग्नेस् इस्तानबुल, ढाका, क्वालालम्पुर, बैंकक, दिल्ली, अल्जियर्स, जेद्दाह, न्युयोर्क, हङकङ, फ्र्याङ्कफर्ट, एम्स्टर्डम, लन्डन, इस्लामावाद, कायरो।

मार्च १७:

दोहामा आइपुग्ने: पर्थ, मस्कट, सियोल, बैंकक, बेइजिङ, ढाका, कोची, जकार्ता, मुम्बई, कायरो, मियामी, कोलम्बो, लन्डन, एम्स्टर्डम, फ्र्याङ्कफर्ट।

प्रतिकृया दिनुहोस्