×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

भनसुन गरेका र कागज नबुझाई लिएका डटकम डट एनपी डोमेन हट्ने

भनसुन गरेका र कागज नबुझाई लिएका डटकम डट एनपी डोमेन हट्ने

काठमाडौं । भनसुन गरेका र कागज नबुझाई लिएका डटकम डट एनपी डोमेन हट्ने भएका छन् । डट एनपी डोमेन व्यवस्थापक कम्पनी मर्कन्टाइल कम्युनिकेसनले पर्याप्त कागजात उपलब्ध नगराई लिइएका डोमेन हटाउने भएको हो ।

यस अन्तर्गत प्रयोगकर्ताको ड्याशबोर्डमा सूचना राखिएको कम्पनीले जनाएको छ । सूचनामा भनिएको छ, “हामी पुराना डोमेन(हरू) पुन प्रमाणीकरण गर्दैछौं । यदि तपाईंको डोमेनको स्थिति पुन प्रमाणीकरणमा छ भने यसको मान्यता कायम राख्न नियमअनुसार उल्लेखित कागजातहरू पेस गर्नुहोस् ।”

सुरुवाती चरणमा डट एनपी डोमेन लिनका लागि कागजात बुझाउनु पर्ने अवस्था थिएन । प्रविधि क्षेत्रका सीमित व्यक्तिलाई मात्र यसबारे थाहा थियो । विस्तारै डट एनपी डोमेनको माग बढ्न थाल्यो । पछि कागजात उपलब्ध गराएको खण्डमा मात्र मर्कन्टाइलले डोमेन नेम उपलब्ध गराउन थालेको थियो ।

पहिले कुनै व्यवसाय नै नहुनेले डट एनपी डोमेन लिएको, तर अहिले त्यही नामबाट व्यवसाय गर्न खोज्नेले डोमेन नपाएको अवस्थालाई मध्यनजर गर्दै मर्कन्टाइलले ‘रि-भेरिफिकेसन’ ल्याएको जनाएको छ । 

कम्पनीका अनुसार कागजात उपलब्ध नगराएका प्रयोगकर्ताको ड्याशबोर्डमा कागजात उपलब्ध गराउने सूचना गएको छ । त्यही अनुसार कागजात बुझाउनुपर्ने हुन्छ । कागजात नबुझाएको अवस्थामा डोमेन नेम खारेज हुनेछ भने उक्त डोमेन अप्लाई गर्ने अर्को आधिकारिक व्यक्तिले पाउनेछ ।

मर्कन्टाइलले यसअघि नै दुई वर्षसम्म सक्रिय नभएका डोमेन नेम हटाउन थालेको थियो ।

प्रतिकृया दिनुहोस्