×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

आज पनि घट्यो सुनको मुल्य

आज पनि घट्यो सुनको मुल्य

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो । 

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसअघि शुक्रबार १ लाख ७६ हजार ४०० तथा त्यसको अघिल्लो दिन बिहीबार १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको थियो । 

सोमबार चाँदीको मूल्य भने बढेको छ । आइतबार तोलामा १८०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर १८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस्