×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

भारत–चीनबिच लिपुलेक सन्दर्भमा भएको सहमति खारेज गर्न विप्लवको माग

भारत–चीनबिच लिपुलेक सन्दर्भमा भएको सहमति खारेज गर्न विप्लवको माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले भारत–चीनबिच लिपुलेक सन्दर्भमा भएको सहमति खारेज गर्न माग गरेका छन । 

शनिबार एक विज्ञप्ति जारी गर्दै चीन र भारतका अधिकारीहरूबिच लिपुलेक भञ्ज्याङ भएर तीर्थयात्री र व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने भनी भएको सहमति खारेज गर्न माग गरेका हुन ।  
महासचिव विप्लव सीले विज्ञप्तिमार्फत् चीन र भारतका अधिकारीहरूबिच पुस ३ गते  (डिसेम्बर १८) मा बेइजिङमा सन् २०१५ मा सहमति भएर कोभिड १९ को कारण बन्द भएको लिपुलेक भञ्ज्याङ भएर तीर्थयात्री र व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने भनी भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै  खारेजीको माग गरेका छन् ।

महासचिव विप्लव सीद्वारा जारी विज्ञप्तिमा लिपुलेक भञ्ज्याङको सन्दर्भमा भएको भारत–चीन सहमति खारेज गराउन र राष्ट्रिय अखण्डताको रक्षार्थ आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गर्दै भनिएको छ:‘नेपालको भू–भाग प्रयोग गर्ने सहमतिमा नेपालसँग सहकार्य नगरी भएको चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण गरेको छ । चीन र भारत आफ्नो सार्वभौमिकताप्रति जति गम्भीर छन्, नेपालको अखण्डता र स्वतन्त्रताप्रति पनि गम्भीर हुन आवश्यक छ ।’

विज्ञप्ति हेर्नुहोस :

प्रतिकृया दिनुहोस्