काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार १८ फागुन दिउँसो २ बजे सचिवालय बैठक तय भएको हो ।
सचिवालयको एजेन्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ । ‘राजनीतिक परिस्थिति, पार्टी गतिविधि लगायत नै सम्भावित एजेन्डा बन्न सक्छ,’ अधिकारीले भने ।