काभ्रेका दुई स्थानमा बर्ड फ्लु पुष्टि काभ्रेका दुई स्थानमा बर्ड फ्लु पुष्टि
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

काभ्रेका दुई स्थानमा बर्ड फ्लु पुष्टि

काभ्रेका दुई स्थानमा बर्ड फ्लु पुष्टि

काभ्रेपलाञ्चोक । काभ्रेका दुई स्थानमा बर्ड फ्लु पुष्टि भएको छ । बनेपा नगरपालिका–१३ साँगामा बद्री खत्रीले सञ्चालन गरेको लेयर्स कुखुरा फार्म र पनौती नगरपालिका–७ स्थित सुकुमवासी बस्ती क्षेत्रमा संक्रमण पुष्टि भएको जिल्ला पशु सेवा कार्यालय काभ्रेका प्रमुख ब्रजकिशोर ठाकुरले जानकारी दिए ।

उनका अनुसार साँगास्थित लेयर्स कुखुरा फार्ममा एक हजार ६५० कुखुरा तथा पनौतीमा हाँस र स्थानीयले पालेको लोकल कुखुरामा बर्ड फ्लु पुष्टि भएको हो ।

ती स्थानमा संक्रमित पन्छी नष्ट गर्ने (डिस्पोजल) कार्य भइरहेको उनले बताए । अहिले साँगास्थित लेयर्स कुखुरा फार्मका कुखुरा नष्ट गर्ने ९डिस्पोजल० कार्य भईसकेको र पनौतीमा हाँस र स्थानीयले पालेको लोकल कुखुरा नष्ट गर्ने कार्य भइरहेको जिल्ला पशु सेवा कार्यालय काभ्रेका प्रमुख ठाकुरले जानकारी दिए ।

खुला रूपमा कुखुरा तथा हाँस पालिने र जैविक सुरक्षा कमजोर भएका क्षेत्रमा संक्रमणको जोखिम बढी देखिएको छ ।

तर, जिल्लाका अधिकांश ठूला व्यावसायिक पोल्ट्री फार्महरूले जैविक सुरक्षा मापदण्ड पालना गरेकाले त्यस्ता फार्महरूमा संक्रमण नदेखिएको ठाकुरले बताए ।

व्यवसायीहरूले संक्रमण नियन्त्रणका लागि सरकारी निकायबीच समन्वय प्रभावकारी नभएको गुनासो गरेका छन् । संघीय मन्त्रालय, पशुसेवा विभाग र प्रदेश अन्तर्गतका कार्यालयको समन्वय अभाव देखिएको सरोकारवालाहरूको गुनासो छ ।

बर्ड फ्लु पुष्टि भएपछी कुखुरा तथा पन्छी ढुवानीमा समेत विशेष निगरानी राख्ने तथा चेकपोस्टहरूमा स्वास्थ्य प्रमाणपत्र तथा ढुवानी प्रक्रिया कडाइका साथ परीक्षणमा प्रशासनको समेत सहयोग हुनपर्ने जिल्ला पशु सेवा कार्यालयको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस्