×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सरकारको नीति तथा कार्यक्रम भोलि सार्वजनिक हुँदै

सरकारको नीति तथा कार्यक्रम भोलि सार्वजनिक हुँदै

काठमाडौँ । शुक्रबार सार्वजनिक हुने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतको तुलनामा छोटो हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । मन्त्रिपरिषद‍्बाट पारित कार्यक्रम विगतको तुलनामा आधा छोटो रहेको एक मन्त्रीले जानकारी दिए । 

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा वाचन गरेर सार्वजनिक गर्दैछन् । 

‘विगतमा संसदमा राष्ट्रपतिले डेढ घण्टा वाचन गर्ने गरिएको थियो तर यस पटकको नीति तथा कार्यक्रम विगतको तुलनामा करिब आधा छोटो हुनेछ’, ती मन्त्रीले भने, ‘लम्बेतान नीति तथा कार्यक्रम भन्दा सर्वसाधारणले बुझ्ने र सरकारले पूरा गर्नसक्ने विषयलाई मात्र कार्यक्रममा समेटिएको छ ।’

उनका अनुसार राष्ट्रपतिले वाचन गर्ने यस पटकको नीति तथा कार्यक्रम पाँच हजार देखि ५५ सय शब्दको मात्र हुनेछ ।

प्रतिकृया दिनुहोस्