×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी

पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी

काठमाडौँ । काठमाडौँको बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियुको मतदान आज भइरहेको छ । विवादका कारण चैत पाँच गते मतदान हुन नसकेको यहाँ आज मतदान भएको हो । 

अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । भोट हालेको विद्यार्थीको कार्ड भोलि फिर्ता दिने सर्तमा निर्वाचन कमिटीले राखेको छ । 

यहाँ एमाले र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरूले गठबन्धन गरेका छन् । सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे छिन् । सचिवमा भने अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी कायम छ ।

नेविसंघबाट दुई जनाले उम्मेदवारी दिएपछि पूर्णिमाया परियारलाई संगठनले आधिकारिकता दिएको छ । यहाँ नेविसंघका भूपि ऐर बागी उम्मेदवार रहेका छन् । 

प्रतिकृया दिनुहोस्