×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादीको रोकेको अभियान भदौ १५ बाट सुरु हुने, केन्द्रीय समिति दशैंपछि

माओवादीको रोकेको अभियान भदौ १५ बाट सुरु हुने, केन्द्रीय समिति दशैंपछि

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठक दशैंपछि बस्ने निर्णय गरेको छ । मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यसबारे जानकारी गराएका हुन् ।

उनका अनुसार, दशैंपछि तिहार अघि केन्द्रीय समिति बैठक बस्ने निर्णय भएको हो । ‘केन्द्रीय समितिको बैठक दशैं पछि तिहार अघिको समयमा बस्ने निर्णय भएको छ,’ प्रवक्ता सापकोटाले भने ।

त्यस्तै, पोखरासम्म पुगेर रोकिएको मध्यपहाडी लोकमार्गको अभियान भदौ १५ गतेदेखि सुरु गरेर ताप्लेजुङसम्म पुग्ने निर्णय पनि भएको छ ।

प्रतिकृया दिनुहोस्