×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संविधान संशोधनलाई दुई ठुला दलले सत्ता प्राप्तिको बहना बनाए : माओवादी केन्द्र

संविधान संशोधनलाई दुई ठुला दलले सत्ता प्राप्तिको बहना बनाए : माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संविधान संशोधनलाई नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता प्राप्तिको बहाना बनाएको आरोप लगाएको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधान संशोधनलाई दुई ठुला दलले सत्ता प्राप्तिको बहना बनाएको आरोप लगाएका हुन् । 

‘संविधान संशोधनलाई बहाना बनाएर कांग्रेस र एमालेलाई सत्ता चाहिएको छ । तर पनि हाम्रो चाहना संविधान संशोधन होइन त्यसलाई कार्यान्वयन गर्नु रहेको छ  । यदि साँच्चिकै एक दशक भइसक्यो । अब संविधान संशोधन हुनुपर्छ भन्ने उहाँको चाहना हो भने अब नयाँ शिराबाट सोच्नुपर्छ । यथास्थितिमा संविधान संशोधन हुन सक्दैन’, सापकोटाले भने । 

उनले संविधान संशोधन अग्रगमन, परिवर्तन र जनताका अधिकारका लागि अझ विकास र विस्तार गर्नका लागि  आवश्यक भएको बताए ।  तर अहिलेको आवश्यकता संविधान संशोधन हो कि संविधानको मर्म अनुसार कार्यान्वयनको आवश्यकता त्यसमा दलहरू स्पष्ट हुनुपर्ने उनको भनाइ थियो । 

‘संविधानको मर्म र भावना जसरी कार्यान्वयन गरिनुपर्थ्यो, इमानदारीपूर्वकता पालना गर्नुपर्थ्यो त्यो भएको देखिएन ।  पहिलो र दोस्रो ठुलो दल मिलेर अप्राकृतिक सरकार बनाउने काम भइरहेको छ । यो ठिक छैन’, उनले भने ।  

बैठकमा प्रचण्डले अन्तर्राष्ट्रिय परिस्थित गम्भीर रहेको, शक्ति राष्ट्रबिच टकराब बढ्दै गएको देशको स्थिति पनि गम्भीर देखिएको बैठकलाई ब्रिफिङ गरेका थिए ।

प्रतिकृया दिनुहोस्