×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

भलिबल खेलाडी पुनम चन्दलाई ७ दिन भित्र हाजिर हुन निर्देशन

भलिबल खेलाडी पुनम चन्दलाई ७ दिन भित्र हाजिर हुन निर्देशन

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिम तथा नेपाल पुलिस क्लबकी भलिबल खेलाडी पुनम चन्दलाई सात दिन भित्र कार्यलयमा हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ ।

नेपाल प्रहारी प्रधान कार्यालयले २०८३ जेठ ११ गते सूचना जारी गर्दै पुनम लगायत गैरहाजिरमा रहेकाहरुलाई गैर हाजिरमा रहनुको कारण स्पष्ट खुलाई सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।

प्रहरी जवान पुनम चन्द २०८२ चैत १५ गतेदेखि गैरहाजिर रहेको प्रहरी कार्यालयले जनाएको छ । पुनम लगायत प्रहरी कर्मचारी आफूखुशी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको भन्दै पत्रिकामा सूचना जारी गर्दै सात दिनभित्र हाजिर हुन भनेको हो ।

नेपाल भलिबल संघले काभा महिला भलिबल च्याम्पियनसिपका लागि राखेको बन्द प्रशिक्षणमा पुनम समावेश भएपनि उनी केही समयपछि नै अस्ट्रेलिया गएकी थिइन् । हाल नेपाली महिला टोली घरेलु कोर्टमा काभा महिला भलिबल खेलिरहेको छ तर पुनम भने टिममा छैनिन् ।

प्रतिकृया दिनुहोस्