×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

नेपाल एयरलाइन्सको एकमात्रै ट्वीनअटर विमान ग्राउण्डेड, आन्तरिक उडान ठप्प

नेपाल एयरलाइन्सको एकमात्रै ट्वीनअटर विमान ग्राउण्डेड, आन्तरिक उडान ठप्प

काठमाडौँ । नेपाल एयरलाइन्सको एकमात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि आन्तरिक उडान ठप्प भएको छ । 

दुईवटा ट्वीनअटर चालु रहे पनि एउटा गएको जेठदेखि ग्राउण्डेड छ । आइतबादेखि अर्को ट्वीनअटर पनि ग्राउण्डेड भएपछि आन्तरिक उडान पूर्णरुपमा ठप्प भएको हो ।  

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले विमानमा प्राविधिक समस्या आएकाले केही समयलाई ग्राउण्डेड भएको बताए । ‘दुईवटा ट्वीनअटरमध्ये एउटा पहिल्यैदेखि ग्राउण्डेड थियो । अर्को जहाजको इन्जिनमा समस्या देखिएपछि ग्राउण्डेड भएको हो ।’ 

नेपाल एयरलाइन्सले केही प्रक्रियागत विषय मिलाउन बाँकी रहेको र त्यसपछि विमान मर्मत गरिने जानकारी गराएको छ । ग्राउण्डेड भएका अन्य जहाजको इन्जिनबाट काम चलाउन सकिन्छ कि भनेर पनि छलफल भइरहेको उनले बताए । 

प्रतिकृया दिनुहोस्