×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पूर्वप्रदेश प्रमुख अहिराजद्वारा बलात्कार पीडितविरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा दर्ता

पूर्वप्रदेश प्रमुख अहिराजद्वारा बलात्कार पीडितविरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा दर्ता

काठमाडौँ । बलात्कार पीडित किशोरीविरुद्ध पूर्व मधेस प्रदेश प्रमुख राजेश अहिराजको जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । 

अहिराजबाट पीडित भएकी युवतीविरुद्ध अहिराजकै जाहेरीका आधारमा आपराधिक लाभको कसुरमा मुद्दा दायर भएको हो । धम्क्याउँदै २० लाख मागेको र नदिएपछि सामाजिक रूपमा बदनाम गर्नेदेखि आत्महत्या गर्नेसम्म धम्की दिँदै रकम लिएको दाबी अहिराजको छ ।

सुरुमा २० लाख माग गरेकोमा आफूले नगदै तीन लाख रुपैयाँ दिएको दाबी अहिराजले गरेका छन् । बलात्कार पीडित युवतीले जाहेरी दिएपछि अहिराजले पनि ती युवतीविरुद्ध आपराधिक लाभको जाहेरी दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस्