×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बजेट वृद्धि गरेर गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ : प्रचण्ड

बजेट वृद्धि गरेर गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ : प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बीस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन् ।

गोरखा नगरपालिका– ८ आहालेमा रहेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले शिक्षामा आमूल परिवर्तनका लागि बजेट वृद्धि गर्नुपर्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको दावीसमेत गरे ।

उनले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको शिक्षा नीति थप प्रष्ट पारेको चर्चा गरे । आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा बिधेयक ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गरे ।

कुनै पनि देशको शिक्षा प्रणालीले त्यहाँको सभ्यताको निर्धारण गर्ने उल्लेख गर्दै उनले सामुदायिक विद्यालयमा पर्याप्त विद्यार्थीसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको महत्वपूर्ण पक्ष भएको बताए । पछिल्लो समय धेरै सामुदायिक विद्यालयले प्रगति गरिरहेको उल्लेख गर्दै यसलाई अझै बढाएर लैजानुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्