×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एकैपटक मन्त्रिपरिषद्ले दियो दुई मन्त्रीसहित ८ जनालाई विदेश भ्रमण स्वीकृति

एकैपटक मन्त्रिपरिषद्ले दियो दुई मन्त्रीसहित ८ जनालाई विदेश भ्रमण स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले एकैपटक दुई मन्त्रीसहित ८ जनाको विदेश भ्रमण स्वीकृत गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३० र ३१ गतेसम्म थाइल्यान्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश कुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

यसैगरी असोज ७ देखि ९ सम्म इन्डोनेसियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन अख्तियारका सचिव नारायण प्रसाद शर्मा दुवाडीलाई सहभागी हुन स्वीकृति दिने निर्णय बैठकले गरेको सूचना तथा सञ्चारप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यसैगरी कात्तिक १० देखि १४सम्म इजिप्टमा आयोजित लेखापरीक्षण संस्थाहरूको महाधिवेशनमा सहभागी हुन महालेखापरीक्षक तोयम राय नेतृत्वको प्रतिनिधिमण्डललाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ । 

यसैगरी युगाण्डाको कम्पालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन कानुनमन्त्री अजयकुमार चौरसियालाई स्वीकृति प्रदान गर्ने निर्णय भएको पनि उनको भनाइ छ । उक्त कार्यक्रम भदौ २३ देखि २७ सम्म हुँदै छ । 

यसैगरी थाइल्यान्डमा भदौ १७ र १८ गते हुने हुने सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री आरजु राणालाई स्वीकृति प्रदान गर्ने, भदौ २५ देखि २८ गतेसम्म रसियामा हुने कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । 

यसैगरी भदौ ३१ देखि असोज ७ गतेसम्म अमेरिकाको ब्रुमफिल्ड सहरसँग भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको गुरुङले बताए । यस्तै बैठकले आदिवासी जनजाती आयोगका सदस्य शरण राईलाई हङकङमा आयोजित कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको छ ।

प्रतिकृया दिनुहोस्