×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी केन्द्रमै फर्किए नेसपा सचिवालय सदस्य थापा

माओवादी केन्द्रमै फर्किए नेसपा सचिवालय सदस्य थापा

काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) केन्द्रीय सचिवालय सदस्य किरण थापा लगायत नेताहरू पुनः नेकपा माओवादी के‍न्द्रमा फर्किएका छन् ।

थापासहित कास्की अध्यक्ष राजु क्षेत्री, शम्भु खाती, लक्ष्मी खातीलगायत माओवादी प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई खादा, माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

यसअघि उनीहरू बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा लाग्दै माओवादी छाडेका थिए । अहिले पश्चगामी शक्ति सक्रिय भइरहेको परिस्थितिमा गणतन्त्रलाई मजबुद बनाउन फेरि माओवादीमै फर्किएको थापाले प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस्