×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच करिब २ घण्टा वार्ता

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच करिब २ घण्टा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच करिब २ घण्टा वार्ता भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहीबार बिहान प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए ।

ओली निकट स्रोतका अनुसार, उनी बिहान करिब ९ बजेपछि बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग उनले करिब २ घण्टा समसामयिक राजनीति र निर्वाचनबारे छलफल गरेर फर्किएका हुन् ।

‘अध्यक्ष ओली बालुवाटार जानुभएको हो । उहाँले प्रधानमन्त्रीसँग करिब २ घण्टा छलफल गरेर फर्किसक्नुभएको छ,’ स्रोतले भन्यो ।

छलफलका क्रममा निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा गर्नेबारे छलफल भएको जनाइएको छ । साथै, एकै चरणमा निर्वाचन गर्नुपर्नेगरी अघि बढ्न ओलीले सरकारलाई सुझाव दिएका थिए ।

प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच एकै चरणमा छलफल गर्ने बुझाइ रहेको दुवै पक्षका निकस्थहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस्