×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सभामुखले बोलाए प्रमुख सचेतकको बैठक

सभामुखले बोलाए प्रमुख सचेतकको बैठक

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक बोलाएका छन् । बैठक आज दिउँसो तीन बजे सिंहदरबारमा तय भएको सभामुखको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरुले चर्को विरोध गरिरहेका छन् । बिहीबार संसद बैठक बस्ने भएकोले त्यसअघि दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।

कांग्रेसमा संसदीय दलको प्रमुख सचेतक श्याम घिमिरे, एमालेमा महेश  वर्तौला, माओवादीमा हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र राप्रपामा ज्ञानेन्द्र शाही  प्रमुख सचेतक रहेका छन् ।

प्रतिकृया दिनुहोस्