काठमाडौं । नेपालभरि सडकको लम्बाइ १ लाख ४ हजार ९ सय ६ किलोमिटर बराबर पुगेको छ ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सडकको लम्बाइ त्यस हाराहारी पुगेको हो । संघीय सरकारबाट निर्मित कालोपत्र सडकको घनत्व १३८.७ मिटर प्रतिवर्ग किलोमिटर पुगेको छ ।
अहिले डिजिटल टेलिभिजन पहुँच ८२ प्रतिशत घरधुरीमा पुगेको छ । मोबाइल टेलिफोन ग्राहकको घनत्व १०३.२ पुगेको समेत आर्थिक सर्वेक्षणले देखाएको छ ।
तथ्यांक अनुसार आधारभूत खानेपानी पहुँच ९७ प्रतिशत जनसंख्यामा पुगेको छ । सुरक्षित खानेपानी पहुँच २९ प्रतिशत जनसंख्यामा पुगेको छ ।