×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

लिग २ : नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै

लिग २ : नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले स्कटल्याण्डसँग टस हारेर पहिले बलिङ गर्ने भएको छ ।

स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले अमेरिकालाई हराएको टिमलाई नै निरन्तरता दिंदै पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन । अघिल्लो खेफमा डेब्यु गरेका इशान पाण्डेले आज पनि पहिलो रोजाइमा खेल्दैछन् ।

स्कटल्याण्डबाट ओली जोन्सले आज ओडीआईमा डेब्यु गर्दैछन् । नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस पद्धतिमा २ रनले पराजित भएको थियो । त्यसपछि अमेरिकालाई ९ विकेटले पराजित गरेको नेपाल जितको लय कायम राख्ने लक्ष्यमा छ।

नेपाल २६ खेलबाट २० अंकसहित अंकतालपकामा सातौँ स्थानमा छ । शीर्ष स्थानको स्कटल्याण्डको ३० खेलबाट ३८ अंक छ ।

स्कटल्याण्डलाई पराजित गरेमा नेपालको स्थान पनि सुधार हुनेछ ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, इशान पान्डे, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी ।

प्रतिकृया दिनुहोस्