×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

जिल्ला प्रशासन कार्यालय पर्सामा तनाव

जिल्ला प्रशासन कार्यालय पर्सामा तनाव

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्सामा तनाव सिर्जना भएको छ । दुई समुदाय बीचको झडपपछि उत्पन्न विवाद साम्य पार्न सीडीओ कार्यालय पर्सामा बैठक बसिरहेकै समयमा तनाव सिर्जना भएको हो ।

विवाद समाधान गर्न दुई चरणको छलफल सकेर तेस्रो चरणको वार्ता चलिरहेको समयमा कार्यालयभित्र तनावको अवस्था देखिएको हो । आइतबार बिहान दुई चरणको छलफलमा सामाजिक सद्भाव कायम गर्न पर्सामा क्रियाशील राजनीतिक दलहरू सहमत भएका थिए ।

राजनीतिक दलहरूले शान्ति अमन चयनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका ¥याली, बन्द लगायतका कार्यक्रम एवं गतिविधिहरू कुनै पनि संघ संस्था एवं समुदायले नगर्ने प्रतिबद्धता जनाएका थिए ।

शोभा यात्राको क्रममा विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भए कानुनको दायरामा ल्याइ कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता प्रजिअ गणेश अर्यालले जनाएका थिए ।

प्रतिकृया दिनुहोस्