×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

उत्तर प्रदेशको लखिमपुर खिरीमा ट्रक र भ्यान ठोकिँदा १० जनाको मृत्यु

उत्तर प्रदेशको लखिमपुर खिरीमा ट्रक र भ्यान ठोकिँदा १० जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा पर्ने लखिमपुर खिरी जिल्लामा ट्रक र म्याजिक भ्यान ठोक्किँदा १० जनाको मृत्यु भएको छ । लखिमपुर खिरीका जिल्लाधिकारी (डीएम) अञ्जनीकुमार सिंहले दुर्घटना सोमबार बिहान भएको बताएका छन् ।

उनका अनुसार लखिमपुरदेखि बहराइचतर्फ गइरहेको म्याजिक भ्यान विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको हो ।

‘धौरहरा कोतवाली क्षेत्रमा पर्ने भरेहटा गाउँ नजिकै बहराइचबाट आइरहेको ट्रकसँग भ्यान ठोक्किँदा दुर्घटना भयो,’ सिंहले भने, ‘दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।’ दुर्घटनामा परी मृत्यु हुनेमा तीन महिला रहेका छन् ।
 

प्रतिकृया दिनुहोस्