×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

महिमानलाई थुनामा राख्न उच्च अदालतमा रेशमको निवेदन

महिमानलाई थुनामा राख्न उच्च अदालतमा रेशमको निवेदन

काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई थुनामा पठाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले उच्च अदालत पाटनमा निवेदन दिएका छन् । 

विष्टले गत वैशाख १७ गते चौधरीलारई पक्राउ गरी कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारमा राख्न पत्र लेखेका थिए । उक्त पत्रपछि चौधरी पक्राउ परी करिब ६ घण्टा थुनामा बसेका थिए । उनको पत्रलाई सर्वोच्च अदालत प्रशासनले ‘अनधिकृत’ भनी पत्र सच्चाएर कारागार पठाएपछि रेशमलाई पक्राउ गर्न लगाउने विष्ट आफैँ पक्राउ परेका थिए ।

उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्तेमा मुद्दा चलाएकोमा जिल्ला अदालत काठमाडौँले गत जेठ ५ गते एक लाख धरौटीमा छाड्ने आदेश गरेको थियो । उक्त आदेशपछि विष्ट सर्वोच्च पुगेकोमा प्रशासनले उनलाई निलम्बन गरेको थियो ।

जिल्लाले धरौटीमा छाडेपछि विष्टलाई धरौटीमा छाड्न नहुने मागसहित चौधरीले उच्चमा निवेदन दिएका हुन् । निवेदन दर्ताका क्रममा रहेको चौधरीका अधिवक्ता टेकबहादुर कुँवरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्