काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ३ हजार ६ सय रुपैयाँया बढेर नयाँ रेकर्ड कायम गर्दै एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज प्रतितोला एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।