×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नेपालमा बाढी–पहिरोबारे मोदी भने : भारत आवश्यक सबै सहयोगका लागि तयार छ

नेपालमा बाढी–पहिरोबारे मोदी भने : भारत आवश्यक सबै सहयोगका लागि तयार छ

काठमाडौँ । नेपालमा शुक्रबारदेखिको वर्षासँगैको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । उनले आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन भारत तत्पर रहेको बताएका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत लेखेका छन्, ‘नेपालमा भारी वर्षाका कारण भएको जनहानि र क्षति अत्यन्त दुःखद छ। यस कठिन समयमा हामी नेपालका जनता र सरकारसँग ऐक्यबद्ध छौँ। मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिकारकका रूपमा भारत आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध छ।’

विभिन्न पहाडी तथा तराई क्षेत्रमा वर्षा, बाढी र पहिरोका कारण जनधनको क्षति भएको छ। उद्धार र राहतका कार्य जारी रहेका बेला छिमेकी मुलुक भारतको तर्फबाट मोदीको यस्तो भनाइ आएको हो ।

प्रतिकृया दिनुहोस्