×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

स्ववियु सभापतिसहित ६ विद्यार्थी प्रहरी नियन्त्रणमा

स्ववियु सभापतिसहित ६ विद्यार्थी प्रहरी नियन्त्रणमा

काठमाडौं । मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर महानगरपालिका–३ बस्ने २७ वर्षीय स्ववियु सचिव सनिम ठकुरी छन् । यसैगरी, विराटनगर–१२ बस्ने २७ वर्षीय स्ववियु सदस्य रोशनकुमार पासवान, विराटनगर–१२ कै २८ वर्षीय स्ववियु सदस्य प्रज्वल अधिकारी, विराटनगर–७ बस्ने २० वर्षीय विद्यार्थी नवीन तिवारी र विराटनगर–१ बस्ने १९ वर्षीय विद्यार्थी खड्का छन् ।

उनीहरूले स्ववियु कार्यालयअगाडि आई कुर्सी, सूचनापाटी तोडफफोड गरेको प्रहरीले जनाएको छ । महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ) मा विवाद छ । महेन्द्र मोरङ क्याम्पसमा संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले विरोध गर्दै आएको छ । इतर समूहले विरोध गर्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएको छ ।

प्रतिकृया दिनुहोस्