×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै पूर्वअर्थमन्त्री पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गरेका हुन् ।

पुराना दलले ६७ वटा हेरफेर गरेकोमा मैले ७ वटामा हेरफेर गरेँ भन्ने हिसाबले मन्त्री वाग्लेले बोलेको भन्दै आपत्ती जनाए ।

यो विषय उठाउने सांसदहरुलाई मन्त्री वाग्लेले पुराना काण्डको फाइल खोल्ने धम्की दिएको भन्दै यो आपत्तीजनक भएको बताए ।

 पूर्वअर्थमन्त्री पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाएका थिए । उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेप्ने गरी बोलेको भनेर ध्यानाकर्षण गराएका थिए ।

पुनले अर्थमन्त्रीलाई सुरुमा ‘शंकाको लाभ’ दिइएको भए पनि पछिल्लो घटनाक्रमले उनको भूमिकामाथि नै प्रश्न उठाएको बताए । उनले संसद्लाई दबाब दिने वा धम्क्याउने प्रयास भएको दाबी गर्दै यसप्रति गम्भीर आपत्ति जनाए।

उनले अर्थमन्त्रीले सात वटा करका दर परिवर्तन गरेको भन्ने वि आफैंले स्वीकारेकाले अब यसको निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

‘सात वटा होस् वा ७३ वटा, यदि प्रक्रिया मिचेर गरिएको हो भने त्यो अपराध हो,’पुनले भने,’ मेरो बारेमा पनि छानबिन होस् । अहिलेको पनि होस् ।’

सांसद पुनले विगतका सांसदहरूलाई नभई यसपटक निर्वाचित नयाँ सांसदहरू मात्र रहने गरी संसदीय छानबिन समिति गठन गर्न प्रस्ताव गरे।

उनले २० लाख रुपैयाँभन्दा माथिका सवारीसाधनमा कसलाई कर छुट दिइयो भन्ने विषयसमेत छानबिनको दायरामा ल्याउनुपर्ने बताए।

उनका अनुसार कर्मचारीले स्वेच्छाचारी रूपमा आर्थिक विधेयकका पाना वा व्यवस्था परिवर्तन गर्न नसक्ने भएकाले यो घटनाले संसदको मानमर्दन भएको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्