×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

दमननाथको निधनप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

दमननाथको निधनप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वसभामुख दमननाथ ढुंगानको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनताले देशको राजनैतिक तथा सामाजिक परिवर्तनमा उनले पुर्‍याएको योगदानलाई सदैव सम्झिरहने बताएका छन् ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनका महत्त्वपूर्ण व्यक्तित्व, पूर्व सभामुख, मानव अधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुङ्गानाको निधनको खबरले दुःखी बनाएको छ’, प्रचण्डले भनेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ ढुङ्गानाको ८३ वर्षको उमेरमा आइतबार उपचारका क्रममा निधन भएको हो ।
 

प्रतिकृया दिनुहोस्