×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

एनपीएलमा बेटिङ खेलाएको आरोपमा कीर्तिपुरबाट ४ जना पक्राउ

एनपीएलमा बेटिङ खेलाएको आरोपमा कीर्तिपुरबाट ४ जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो । सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिए ।

‘हिजो पक्राउ परेका दुई जना भारतीय हुन् । आज पक्राउ परेका दुई जनालाई कार्यालयमा ल्याइँदैछ । उनीहरुको हकमा बुझ्न बाँकी छ’, एआईजी थापाले भने । एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।

प्रतिकृया दिनुहोस्