×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

प्रवास

कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु

कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु

कुवेत । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । कुवेतमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय सोम कुमार तामाङको उक्त आक्रमणमा परी  निधन भएको हो ।

कुवेतस्थित नेपाली राजदूतावासका अनुसार बिहीबार भएको ड्रोन आक्रमणमा तामाङको ज्यान गएको हो । यस घटनाका बारेमा कुवेतको परराष्ट्र मन्त्रालयले दूतावासलाई आधिकारिक जानकारी गराएको छ ।
राजदूतावासले आज एक विज्ञप्ति जारी गर्दै मृतकको शव कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र नेपाल पठाउन आवश्यक समन्वय र सहकार्य भइरहेको जनाएको छ ।

पछिल्लो विकसित परिस्थितिलाई ध्यानमा राख्दै राजदूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले कुवेत सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूको पूर्ण पालना गर्न, संयमित हुन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।757026784_2576146846173295_6015646926828319590_n

 

प्रतिकृया दिनुहोस्