×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

बुधबार सेयर बजारका सबै सूचक बढे

बुधबार सेयर बजारका सबै सूचक बढे

काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक, सेन्सिटिभ र सबै सेक्टरका सूचक बढेका हुन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३४.४२ अंक (१.२९ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २६९४ अंकमा कायम भएको छ । योसहित नेप्से लगातार चौथो दिन बढेको हो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भयो । जसमा हाइड्रोपावर समूहको सबैभन्दा धेरै ४ अर्ब ५६ करोडको भयो ।

१८२ कम्पनीको मूल्य बढ्दा ६५ को घट्यो भने एउटाको स्थिर रह्यो ।

जीवन बीमा समूह सबैभन्दा धेरै २.८३ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा २.५१, बैंकिङ १.३६, विकास बैंक २.३१, फाइनान्स १.९९, होटल तथा पर्यटन ०.७१, हाइड्रोपावर ०.४७, लगानी १.०१, उत्पादन तथा प्रशोधन ०.६९, माइक्रोफाइनान्स ०.५६, अन्य ०.९१ तथा व्यापार समूह १.७६ प्रतिशत बढे ।

दुई कम्पनी ग्रिन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

नेपाल इन्स्योरेन्सको ९.८२, गुराँस लघुवित्तको ९.१५, सिन्धु विकास बैंकको ८.९२, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.२९ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.३१ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, लक्ष्मी सनराइज बैंक ९संस्थापक सेयर० र बुटवल पावर क्रमशः छन् ।

प्रतिकृया दिनुहोस्