×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

काठमाडौँ । काठमाडौँको माछापोखरीमा दुई जनाको शव भेटिएको छ । काटमाडौँ–१६ स्थित माछापोखरीमा छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । 

बसन्तनगरस्थित क्लासिकल होटलमा २८ वर्षीय भोला पाठक मृत फेला परेका छन् । पाठक नुवाकोटको ककनी नगरपालिका–६ का स्थानिय हुन् । 

त्यस्तै मितेरी पुल नजिकै खाली जग्गामा करिब ५५ वर्षीय पुरुष मृत फेला परेका छन् । उनको सनाखत गर्ने प्रयास भइरहेको एसपी अधिकारीले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्