×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

आज अमेरिकी डलरदेखि कतारी रियालसम्म कति रुपैयाँमा हुँदैछ खरिद बिक्री ?

आज अमेरिकी डलरदेखि कतारी रियालसम्म कति रुपैयाँमा हुँदैछ खरिद बिक्री ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १३६ रुपैयाँ ०३ पैसा र बिक्री मूल्य १३६ रुपैयाँ ६३ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ७२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७० पैसा र बिक्रीदर ९५ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९  पैसा कायम भएको छ ।

यसैगरी, थाई भाट एकको खरिददर ३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा कायम भएको छ । 

दक्षिण कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८  पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २७ पैसा र बिक्रीदर १२ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ४१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४ सय ४३ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३ सय ६२ रुपैयाँ ०२ पैसा, ओमनी रियाल एकको खरिदर ३ सय ५३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३ सय ५४ रुपैयाँ ८६ पैसा तोकिएको छ । 

प्रतिकृया दिनुहोस्