×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

‘विश्वकै गरिब राष्ट्रपति’ भनेर चिनिने पूर्वगुरिल्ला नेता पेपेको निधन

‘विश्वकै गरिब राष्ट्रपति’ भनेर चिनिने पूर्वगुरिल्ला नेता पेपेको निधन

काठमाडौं । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । पूर्वगुरिल्ला नेता मुहिका ‘पेपे’ नामले पनि चिनिन्छन् ।

उनी सन् २०१० देखि सन् २०१५सम्म उरुग्वेको राष्ट्रपति बनेका थिए । तर उनले अत्यन्त साधारण जीवनशैली अपनाउथे । त्यसैले उनलाई ‘विश्वमै सबैभन्दा गरिब राष्ट्रपति’ पनि भनिन्थ्यो ।

उनको निधनको कारण खुलिसकेको छैन । यद्यपि उनी खाद्य नलीको क्यान्सरबाट पीडित थिए ।

उरुग्वेका वर्तमान राष्ट्रपति यामाण्डु ओरसीले पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको जानकारी दिँदै एक्समा लेखेका छन्, ‘तपाईंले हामीलाई जे दिनु भएको छ, त्यसका लागि र जनतामा अगाध प्रेमका लागि धन्यवाद ।’

प्रतिकृया दिनुहोस्