×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

२५ किलो गाँजासहित एक युवक पक्राउ

२५ किलो गाँजासहित एक युवक पक्राउ

जनकपुरधाम । सर्लाही प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोनलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान करिब ११:५५ बजे लालबन्दी नगरपालिका–८ खतिवडा चोकमा चेकजाँचका क्रममा बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्न खोज्दा चालक र पछाडि सवार दुबैजना दुईवटा झोला फालेर पश्चिमतर्फ खेततिर भागेका थिए । पछ्याउँदा प्रहरीले शन्तेलाई पक्राउ गर्न सफल भएको छ भने अर्का व्यक्ति फरार भएका छन् ।

प्रहरीले झोला खोल्दा ५ पोका गाँजा फेला परेको छ । जसको तौल करिब २५ किलो रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित बरामद गरिएको लागूऔषधसहित पक्राउ परेका ब्लोनमाथि थप अनुसन्धान भइरहेको छ ।

सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी ब्लोनलाई नियन्त्रणमा राखिएको र फरार अभियुक्तको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्