×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

उदयपुरमा दुई जना मृत फेला

उदयपुरमा दुई जना मृत फेला

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई जना मृत फेला परेका छन् । अमलचौरीका २७ वर्षीय रविन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेका जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए ।

मञ्जुको शव गाउँकै बाटोमा र रविन्द्रको शव मञ्जुको शव भेटिएको ठाउँबाट करिब दुई सय मिटर पर आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनीहरुका मृत्युको कारण यकिन भइसकेको छैन । ‘शव पोष्टमार्टमका लागि पठाइसकिएको छ र अनुसन्धान जारी छ,’ एसपी योगीले भने ।

प्रतिकृया दिनुहोस्