×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

युट्युबमा नयाँ फिचर, एआईबाट आफैं संगीत बनाउन सकिने

युट्युबमा नयाँ फिचर, एआईबाट आफैं संगीत बनाउन सकिने

भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबले आफ्नो प्लाटफर्ममा सर्जकहरुको लागि एक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स सुविधा ल्याएको छ । यो फिचरको उपयोग गरेर अब कन्टेन्ट क्रिएटरहरुले आफ्नो भिडियोका लागि कस्टम इन्स्ट्रुमेन्टल म्युजिक अर्थात् आफूले चाहेको धुन अनुसारको वाद्यवादन संगीत आफैंले सिर्जना गर्न सक्नेछन् ।

यो नयाँ टूल युट्युब स्टुडियोको क्रिएटर म्युजिक ट्याबभित्र हुनेछ र सबै प्रयोगकर्ताका लागि नि:शुल्क रुपमा उपलब्ध हुनेछ । यो फिचरलाई विस्तारै सबै प्रयोगकर्तामाझ पुर्‍याउने योजना युट्युबको छ । अर्थात् सबै युट्युब प्रयोगकर्तासम्म यो फिचर उपलब्ध हुन केही दिन लाग्नसक्छ ।

के हो युट्युबको एआई संगीत सिर्जना टूल ?

युट्युबले यो फिचरको जानकारी आफ्नो क्रिएटर इन्साइडर च्यानलमा एक भिडियोका माध्यमबाट दिएको छ । यो एआई टूलको उद्देश्य भनेको सर्जकहरुलाई धेरै खालका तथा उत्कृष्ट ढंगका इन्स्ट्रुमेन्टल म्युजिक उपलब्ध गराउनु हो, जसलाई प्रयोगकर्ताले कपिराइटको चिन्ता नगरीकनै आफ्ना भिडियोमा जोड्न सकुन् ।

क्रिएटर म्यूजिक ट्याबमा नयाँ परिवर्तन

उसो त Creator Music  ट्याबमा पहिलेदेखि नै कपिराइटमुक्त संगीत लाइब्रेरी उपलब्ध छ । यसमा प्रयोगकर्ताले genre, mood, vocals, BPM, duration आदिको आधारमा संगीत खोज्न सक्दछन् ।

यद्यपि त्यहाँका केही संगीत प्रयोग गर्नका लागि शुल्क तिर्नुपर्दछ । अब सोही ट्याबमा एआईमा आधारित Music Assistant नामक एक नयाँ खण्ड थप भएको छ ।

यसमा जेमिनी स्पार्कल आइकनसँगै एउटा पेज हुनेछ, जहाँ प्रयोगकर्ताले अक्षरमा लेखेर आफूलाई कस्तो खालको म्यूजिक चाहिएको हो बताउन सक्नेछन्, जस्तै भिडियोको शीर्षक, मूड, लम्बाई आदि। उक्त टूलमा कुन एआई मोडल छ भन्ने चाहिं बताइएको छैन ।

प्रतिकृया दिनुहोस्