काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।