×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी

कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले सरस्वती खड्कालाई प्रमुख सचेतकमा मनोनयन गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कमल बहादुर शाहले दलको विधान, २०७४ को दफा ११ को उपदफा (१) तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (संशोधन सहित)को दफा २६ को उपदफा (२) बमोजिम खड्कालाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।

यसअघि प्रमुख सचेतक विक्रम सिंह धामीले राजीनामा दिएका थिए । धामीको राजीनामा लगत्तै संसदीय दलको नेता शाहले खड्कालाई मनोनीत गरेका हुन् ।

संसदीय दलको पदाधिकारी हेरफेरलाई मन्त्री हेरफेरकै हिस्साका रुपमा हेरिएको छ । प्रमुख सचेतकबाट राजीनामा दिएका धामी अब सरकारमा सहभागी हुने चर्चा छ भने प्रमुख सचेतकमा सोमबार मनोनीत खड्का सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारीमा थिइन् ।

धामीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने चर्चा छ । अहिलेसम्म राज्यमन्त्रीको भूमिकामा रहेकी खड्कालाई भने सरकारबाट फिर्ता बोलाएर संसदीय दलको पदाधिकारी बनाइएको हो ।

प्रतिकृया दिनुहोस्