×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

वसन्त ऋतुमा हिमाल आरोहण गर्न ३५ समूहका ३३० ले पाए अनुमति

वसन्त ऋतुमा हिमाल आरोहण गर्न ३५ समूहका ३३० ले पाए अनुमति

काठमाडौं । वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ३५ समूहका ३ सय ३० जनाले अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार सोमबारसम्म ७७ महिला र २ सय ५३ पुरुषले आरोहण अनुमति पाएका हुन् । यसमध्ये सर्वोच्च शिखर सगरमाथामा मात्र १२ समूहका १ सय २० जनाले आरोहण अनुमति पाएका छन् ।

विभागका अनुसार अहिलेसम्म १५ हिमालमा आरोहण अनुमति जारी भएको छ । दोस्रो स्थानमा अन्नपूर्ण प्रथम छ । यसमा ६ समूहका ६६ जनाले अनुमति पाएका छन् ।

त्यस्तै मकालु हिमालमा ३ समूहका ४० जनाले आरोहण अनुमति पाएको विभागले जनाएको छ । सोमबारसम्म हिमालहरूबाट कुल २२ करोड रुपैयाँ आरोहण दस्तुर संकलन भइसकेको छ ।

प्रतिकृया दिनुहोस्