×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

बैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, आइतबार अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।

सुरक्षण मुद्रण केन्द्रमार्फत अन्त:शुल्क स्टिकर छपाइका क्रममा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव अर्यालसमेत १२ जनाविरूद्ध अख्तियारले दायर गरेको मुद्दामा विशेषले अर्यालसहितलाई सफाइ दिएको थियो

३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरी दायर मुद्दाको उक्त फैसला चित्त नबुझेको भन्दै अख्तियारले पुनरावेदन दिएको हो ।
 

प्रतिकृया दिनुहोस्